दाङ– दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलाको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको…