७२औं मदन जयन्ती, एमाले नेताहरु विहानै वृक्षारोपणमा व्यस्त

काठमाडौं, १४ असार । जननेता मदन भण्डारीको ७२औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसै अवसरमा विहान नेकपा (एमाले) केन्द्रीय कार्यालय परिसर, च्यासल, ललितपुर र मनोहरा नदी किनारमा एमाले नेताहरुले वृक्षरोपण गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा बरको विरूवा रोपेर वृक्षरोपण कार्यको शुभारम्भ गरेको एमालेले जनाएको छ ।…