Logo

समाचार

विदेशमा अलपत्रपरेको देशबासी लाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि सरकारले गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरूलाई ल्याउन बजेट छुट्याइएको बताए । कोरोना महामारीका कारण रोजगारी गुमाएर

खुसीको खबर :कृषि मन्त्रालयको बजेट ७ अर्बले बढ्यो

सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा ७ अर्बले बढी हो ।बिहीबार प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत बताएका छन् ।

ओली-देउवा वार्ता : संविधान संशोधन विधेयक १८ गते कार्यसूचीमा पर्ने

काठमाडौं । संविधान संशोधनबारे अन्यौल भइरहेका बेला प्रधानमन्त्री केपी ओेली र काँग्रेस सभापति शेरबहादुर देउवावीच बिहीबार टेलिफोन वार्ता भएको छ ।दुई नेताबीचको टेलिफोन संवादपछि सरकारले शुक्रबार कार्यसूचीमा राख्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग १८ गतेसम्मका लागि समय माग

राष्ट्रपतिबाट २४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन्। नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी

ड्युटी गर्दागर्दै लखतरान भएपछि सडकमै पल्टिन्छन् प्रहरी

भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ। भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह पठाउन डोटीका प्रहरी दिनरात खटेका छन्। डोटीका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाले सेतोपाटीसँग कुराकानी गर्दै जिल्लामा प्रहरी संख्या कम हुँदा ड्युटी

वरिष्ठ गीतकार रत्नशम्शेर थापाको ८३ वर्षमा निधन

काठमाडौं । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार मध्यान्ह १२ बजे उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले उनको शव नर्भिक अस्पतालमै रहेको जनाइएको छ । अस्पतालले थापाको कोभिड–१९ को परीक्षण

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु……(भिडियो सहित)

कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय,

पूर्वगृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी !

पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । शर्माले बिहीबार गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् । शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए । जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरेको सचिवालयले

रुकुम हत्या घटना: थप एक जनाको शव भेटियो !

रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जाजरकोटका डीएसपी किशोर

निक्कै दुखद खबर: ड्युटी गर्दागर्दै लखरतान भएपछि सडकमै पल्टिन्छन् प्रहरी !

भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ। भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह पठाउन डोटीका प्रहरी दिनरात खटेका छन्।डोटीका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाले सेतोपाटीसँग कुराकानी गर्दै जिल्लामा प्रहरी संख्या कम हुँदा ड्युटी खटाउन