कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने बताएका छन् । सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तीरय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओलाई कांग्रेसले आफ्नो स्पष्ट धारणा यसरी राखेको बताएका हुन् । ‘आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रिभोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग…