अनलाइन टिभी नेपाल काठमाडौं, जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्यामा १४३ पुगेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्चिममा ३८ जना गरी अहिलेसम्म १४३ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ जना…