प्रहरी महानिरीक्षक माथिको मुद्दाः भोलि सुनुवाई, के आउला निर्णय ?

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्दा सरकारले जेष्ठता, वरिष्ठता र अदालतका विगतका आदेशहरुलाई उल्लंघन गरी आफूलाई अन्याय गरेको भन्दै एआईजीपी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । पोखरेलले २१ बैशाखमा दायर गरेको रिटमा न्यायाधीश सुष्मलत्ता माथेमाको इजलासले परमादेश दिएन । माथेमाको इजलासले अस्ति १७ जेठमा सरकारलाई कारणसहित उपस्थित हुन आदेश दिएको थियो…