हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् । वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज…