रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको जानकारी दिएका छन् । योसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले…