काठमाडौँ, ६ चैत - सरकारले भारतसँगका महत्त्वपूर्ण चार नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा र गड्डाचौकीबाहेक अन्यलाई बन्द गरेको घोषणा गरे पनि ती नाकामा बेरोकतोक आवतजावत जारी रहँदा कोरोना संक्रमण फैलिने उच्च जोखिम छ । बन्द गर्ने भनिएका केही नाकामा स्थानीय तहले हेल्थ डेस्क राखे पनि मास्कसमेत यथेष्ट नहुँदा त्यहाँ खटिएका स्वास्थ्यकर्मी नै असुरक्षित छन् । कपिलवस्तुको कृष्णनगर नाकाबाट…