दुखद खबर : महोत्तरीको पोखरीमा डुबेर २ जना बालबालिकाको मृत्यु

महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बलवा नगरपालिकामा एकजना बालकको र गौशाला नगरपालिकामा एकजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार बलवा नगरपालिका-१० धमौरा बस्ने रबीन्द्र ठाकुरका ९ वर्षीय छोरा राहुलको घर छेउको पोखरीमा डुबेर मृत्यु भएको छ । नुहाउन गएका उनको डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ…