काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले शुक्रबार पोखरामा आमसभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । आमसभामा प्रदेशभित्रका…