जर्मनीको कदमको जवाफमा रुसले बन्द गर्‍यो वाणिज्य दूतावास

मस्को । रुसले सेन्ट पिटर्सबर्गस्थित जर्मनीको वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ। रुसको विदेश मन्त्रालयले आगामी सेप्टेम्बर १८ सम्ममा दूतावासको काम बन्द गर्न निर्देशन दिएको हो। गत साता जर्मनीले रुसका दुई कूटनीतिक कार्यालय बन्द गरेपछि त्यसको प्रतिशोधस्वरूप रुसले यस्तो कदम चालेको जनाएको छ। जर्मनीले लाइपजिग विमानस्थलमा ड्रोन आक्रमणको प्रयासमा रुस संलग्न रहेको आरोप लगाउँदै…