ट्रम्पले जेलेन्स्कीलाई घेरे, डिजेल महँगिएको आरोपदेखि नयाँ राष्ट्रपतिको सुझावसम्म

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव दिएका छन् । उनले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नीतिलाई दोष दिएका छन् । शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनलाई रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व आवश्यक रहेको बताए ।…