सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौँ , १फाल्गुन । फागुन महिना र यस साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।…