पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ जना संक्रमित थपिएका छन् । https://www.youtube.com/watch?v=tWMXTF4CgXE&t=123s ललितपुरका ६० र भक्तपुरका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।