काठमाडौं । यसपालिको बडादसैँमा तीनवटा नेपाली चलचित्र एक साथ रिलिज हुँदैछन् । फुलपातीको दिन सोमबारदेखि ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ देशभर र बाहिर एकसाथ प्रदर्शनमा आउँदैछन् । कथावस्तुका हिसाबले तीनवटै चलचित्र फरक फरक भएकाले दर्शकले आआफ्ना रुचिअनुसार हेर्न सक्नेछन् । ‘बलिदान’ एक्सन प्रधान चलचित्र हो । ‘माइतीघर’ फेमेली ड्रामा र कमेडी जनरामा बनेको चलचित्र हो…