Logo

समाचार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

दैलेख– दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी

सिमलतालमा बस र ट्रक ठक्कर खाँदा तीनजना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले आइतबार बिहान ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो ।

सडकमा रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन– भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए।  

भारी वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डमा आकस्मिक बाढी पहिरोको जोखिम

काठमाडौं– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ । वर्षाका कारण

गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेको रिहाई

काठमाडौं– गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दा पक्राउ परेकाहरू छुटेका छन् । सुदूरपश्चिममा मनाइने गौरा पर्व भदौ १० मा काठमाडौंको टुँडिखेलमा मनाइएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए । सोही क्रममा गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री

तीन दिनदेखिको वर्षापछि गुजरातमा घरको छतमा देखियो गोही

काठमाडौं– मनसुनको समयमा वर्षासँगै बाढी, पहिरो, डुबानमा पर्नसक्ने भय हुन्छ । तर भारतको गुजरातमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण घरको छतमा गोही देखा परेका छन् । भारतको गुजरातको विभिन्न ठाउँमा घरमा नै गोही पसेको हो । घरको छतमा पानी भरिएपछि त्यहाँ गोही देखा परेका हुन् । बिहीबार आएको भारी वर्षापछि

सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु

नवलपुर– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। सेफ्टीट्याङकीमा निसास्सिएर मृत्यु हुनेमध्ये एकजना मजदुर हुन्, एकजना घरधनीका छोरा हुन् भने अर्का एक छिमेकी हुन्। भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टीट्यांकीभित्र काम गर्ने क्रममा तीनैजना अचानक बेहोस भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइएकोमा

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग छलफल

काठमाडौं– संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग आज छलफल गरेको छ । समितिले बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गरिएको हो । प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेकामा समितिले छ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न

बालेनको संयोजकत्वमा यातायात प्राधिकरण परिषद्को ‘स्टेरिङ कमिटी’

काठमाडौ‌– ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को दोस्रो वैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको छ । परिषद सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकोले कार्य चुस्त बनाउन कठिन हुने भएपछि यसलाई चुस्त बनाउन परिषदका अध्यक्ष

ललितपुरको कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएपछि स्थानीय त्रसित

ललितपुर– ललितपुर महानगरपालिका वडा–१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएको छ । ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको कोलोनी आसापास चितुवा देखियो हो । चितुवा कसरी त्यहाँ पुग्यो भन्नेमा स्थानीय अनविज्ञ छन् । कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीयका भनाइमा दुईवटा बच्चासहित कम्तिमा एउटा