नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन । वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने मुग्लिन–नारायणगढ सडकखण्ड तथा कालीगण्डकी करिडोरमा वर्षाका बेला हुन सक्ने पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक मेसिनरी र अपरेटर परिचालनका लागि तयारी गरेको जनाएको छ। कार्यालयका प्रमुख सिनियर…