काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्। विजय घोषणा भएपछि राष्ट्रिय सभागृह पुगेकी उनले भनिन्, ‘राजनीति भनेको फोहोरी खेल हो भन्ने जमात बढिरहँदा अझ विशेषगरी युवाहरूका लागि राजनीति भनेको पाइला टेक्ने ठाउँ होइन भन्दा यो जित केही न केही आशाको किरण थपिएको छ।’ उनले काठमाडौंलाई माया गर्ने, काठमाडौंलाई घर…