काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ। गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो। बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिनेछ। ‘चेकिङ कडा गर्ने, उपत्यका भित्रने/बाहिरिने नाकाहरूमा थप कडाइ गरेर…