पानी तान्ने मोटरबाट करेन्ट लाग्दा बाँकेको कोहलपुरमा १४ वर्षीय एक युवक मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १० ड्राइभरटोल बस्ने युवक करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको धारामा पानी चलाउने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएका युवक उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी…