Logo

समाचार

संसदमा गीत गाउँदै नाचिन् न्युजिल्यान्डकी २२ वर्षीया सांसद

एजेन्सी– यतिबेला सारा संसारको ध्यान न्युजिल्यान्डको संसदमा भएको एउटा घटनाले खिचेको छ । त्यहाँकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले​ संसदमा गीत गाउँदै नाचेको भिडियो संसारभरि नै भाइरल भइरहेको हो । उनले संसद्‌मा प्रस्तुत गरिएको विधेयकले आफ्नो माओरी समुदायको अधिकारलाई कटौती गरेको भन्दै नृत्यमार्फत त्यसको विरोध गरेकी हुन् ।

राप्रपाबाट कीर्तिपुरको मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनको लागि उनले मनोनयन दर्ता गराएका हुन् । यस्तै कीर्तिपुरको वडा नम्बर १ को अध्यक्ष पदमा सुरेन्द्रप्रसाद उप्रेती र वडा नम्बर ४ को अध्यक्षमा विजेश

धरहराको लिफ्ट बिग्रीयो, खुला गरिएको दुई महिना नपुग्दै अनिश्चितकालका लागि बन्द

काठमाडौं– असोजबाट सञ्चालनमा ल्याएको धरहरा केहि दिनअघिदेखि बन्द भएको छ । संविधान दिवसको अवसरमा असोजबाट सञ्चालनमा ल्याइएको धरहराको लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भएको हो । लिफ्ट बनेपछि धरहरा पुन सञ्चालमा आउने सहरी विकास भवन निर्माण विभागले जनाएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि

दुई वर्षअघि जेल परेको बदला लिन लाजिम्पाटमा जग्गा व्यवसायीमाथी सामुहिक आक्रमण भएको खुलासा

काठमाडौं– केही समयअघि सामाजिक सञ्जालमा एउटा सिसिटिभी फुटेज भाइल भयो , जहाँ एक अस्पतालको पार्किङमा जग्गा व्यसायीमाथी ४ जनाले आक्रमण गरेका थिए । कार्तिक ११ गते काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरीमा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि इनोभा अस्पतालको पार्किङमा आक्रमण भएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा– हात्तीको आक्रमणमा परी आज झापामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

डिजिटल लाइसेन्स नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

काठमाडौं– डिजिटल सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नियमनको लागि ट्राफिक प्रहरीलाई ४०८ थान स्मार्टफोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात

बाल यौन दुर्व्यवहारको सामाग्री तयारी पारी प्रसारण गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बाल यौन दुर्व्यवहारको सामाग्री तयारी पारी जिमेलको गुगल ड्राइभबाट प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का २४ वर्षीय अमन प्रताप हरिजन पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले नवलपरासी प्रहरीको सहयोगमा नवलपरासीबाट बिहीबार पक्राउ गरेका हुन् । उनीविरुद्ध काठमाडौं जिल्ला

देशव्यापी रुपमा गरिने भ्रष्टाचारविरोधी अभियानको नेतृत्व लिन ‘प्रचण्ड’ तयार

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान चलाउन जरुरी रहेको बताएका छन् । शुक्रबार सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका हुन् । प्रचण्डले आफू प्रधानमन्त्री

मंसीर ७ मा काठमाडौंमा एमालेले किन उतार्दै छ एक लाख कार्यकर्ता?

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दैछ । सरकारले गरेका काम कारबाहीबारे जनतामा जानकारी गराउन र नागरिकमा आशा जगाउनका लागि मंसिर ७ गते काठमाडौंमा एमालेले १ लाख भन्दा धेरै कार्यकर्ता उर्तान लागेको हो । एमालेले जागरण सभाका लागि बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको

अनुमतीबिना जङ्गली बँदेल पालेको आरोपमा दुई जना पक्राउ

चितवन– जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । उनीहरुले अनुमति नलिइ दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार वन्यजन्तु पाल्न