शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलाको अन्त्येष्टीपछि कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका-४ की महिलाको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको डायलासिस वार्डमै मृत्यु भएको थियो । https://www.youtube.com/watch?v=XQOIs6Hu-z0…