सरकारले समयमा राहत वितरण गर्न नसक्दा रौतहटको विभिन्न स्थानीय तहका अतिविपन्न परिवारहरू मर्कामा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको तेस्रो सातासम्म पनि राहत पुर्याउन नसक्दा विपन्नहरु समस्यामा परेका हुन् । तीन साता लामो लकडाउनका कारण घरमा रहेको अन्नपात सकिएपछि समस्यामा परेको विपन्नहरूले गुनासो गरेका छन् । दिनभरी ज्यालादारी काम गरेर…