सर्वोच्च अदालतले विदेशमा कोरोना भाइरसबाट प्रभावित भइ समस्यामा परेका नेपाली नागरिकलाई नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । ‘नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘कार्य तत्काल सम्भव नभए निजहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन…