सर्लाहीको क्वारेन्टाइनमा रहेका एक ८ महिने शिशुको ज्यान गएको छ । सर्लाहीको उत्तर–पूर्वी चरेभेगस्थित लालबन्दी नगरपालिका १५ परवानीपुर झल्ला चौडीमा आमाबुबासँगै क्वारेन्टाइनमा रहेका ८ महिने शिशुको मृत्यु भएको हो । रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा आफ्नी श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आएका थिए । उनीहरुलाई…