अर्थमन्त्रीज्यू, होम क्वारेन्टाइनमा बस्ने कि सत्य बताउने ?

पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबार दिनभर कन्ट्याक ट्रेसिङ भयो । संक्रमितहरुसँगको उठबसको जरो खोज्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोराले समेत संक्रमितसँग उठबस गरेको पाइयो । अर्थमन्त्री डा. खतिवडाका छोरा, बुहारी र सानी नातिनी सन सिटी अर्पाटमेन्टमै बस्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा…