संसदमा राप्रपा सांसद कार्की र एमाले सांसद थापाबीच बाझाबाझ

काठमाडौैं । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले र राप्रपा सांसदबीच बाझाबाझ भएको छ । राप्रपा सांसद रोशन कार्कीले खाली पानामा हस्ताक्षर गर्ने कस्ता सांसद भन्दै बोलेपछि एमाले सांसद सांसद सूर्य थापा बीचमै उठेर कड्किएका थिए । उनले कार्कीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । ‘उहाँहरूलाई संवैधानिक परिषद्‌मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्त…