काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवासुविधा त्यागेकी छन् । उनले सरकारले पूर्वराष्ट्रप्रमुखलाई प्रदान गर्दै आएको सेवासुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुधबार दर्ता भएको छ । जसअनुसार आजैका दिनदेखि उनले राज्यले दिने कुनै सुविधा नलिने भएकी छन् । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ…