प्रतिनीधि सभा वैठकमा सांसद कलुदेवी विश्वकर्माको अभिव्यक्ति बारे आज चर्चा गर्न चाहन्छु । दलित भएकै कारण आँफुले काठमाडौंमा डेरा नपाएको दुखेसो सांसद विश्वकर्माले संसदमा पोखिरहँदा यो समाजको यर्थाथ चित्रण भएको छ । जातिय विभेद विरुद्ध कानुन भएपनि व्यवहारमा कस्तो छ भन्ने कुराको प्रष्ट चित्रण हो सांसद विश्वकर्माको डेरा अनुभव ।
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको छ । दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम पनि केही दिनमै सक्ने तयारी छ । तीन खण्डमा ठेक्का लागेर काम थपिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । आँपटारीदेखि मुग्लिनसम्मको ३४
सुन तस्करी प्रकरणमा फरार रहेका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी साथी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्कने क्रममा काभ्रेका राम तिवारीलाई अध्यागमन कार्यालयले पक्राउ गरेको हो। गोरे र डिएसपी प्रजित केसीबीच पनि तिवारीको कुरा उठेको थियो। तिवारीले गोरेलाई विभिन्न निकायका सेटिङ मिलाउन सहयोग गरेका थिए। गोरेले तिवारीलाई भेट्न आग्रह गर्दा
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले केही दिन अघि गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले आज लुटेकोमध्ये ५ लाख ४८ हजार ६ सय नगदसहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरेको हो । कैलालीको धनगढी उप–महानगरपालिका–६ का राजकुमार चौधरी, धनगढी–१३ का
काठमाडौं – बीपी राजमार्गमा सवारी साधन सञ्चालनबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गरेको ‘स्वेच्छाचारी’ निर्णयमा अदालतले अंकुश लगायो । तर, प्राविधिक टोलीले दिएको प्रतिवेदन लत्याएका मन्त्री महासेठले भने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नै अनुचित रहेको दावी गर्छन । सरकारले बनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्गमा ठुला सवारी साधनलाई रुट
काठमाडौं – तीन साता अघि फिल्म निर्माता माधब वाग्लेको कोठाबाट २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो भने नेपाल राष्ट्र बैंकले सो नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । अहिले यसै नक्कली नोट काण्डमा मुछिएका फिल्म निर्माता वाग्लेले गरेको नक्कली नोटको कारोबार विषयमा
दरबार हत्याकाण्डमा हामीले थाहा पाएका कुराहरु धेरैसँग भन्दै हिँड्ने गर्नुहुँदैन हामीले भनेर श्रीमतीलाई भनें। मलाई अनौठो लागिरहेको थियो। मैले दुईतीनवटा कुरा सोचिहालेँ। एउटा कुरो यति कम्प्लिकेटेड भएपछि प्रेसले पनि, राजपरिवारले पनि आफ्नो प्यासेन्टको उपचारको बारेमा जान्न चाहन्छ, एक नम्बर। दुई नम्बर ‘दे वान्ट ट्रिटमेन्ट द बेस्ट फर देयर प्यासेन्ट।’ जुन
काठमाडौं – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा खोलिएका बायोमेट्रिक संस्था सञ्चालक हुन् कैलाश खड्का । नेपाली कांग्रेसनिकट खड्काको यतिबेला भागाभाग भएको छ । करिब ५ अर्ब ठगी गरेको मुद्दा उनीलगायतलाई लागेको छ । मलेसिया जाने कामदार ठगीमा संलग्न ४८ जनालाई नेपाल प्रहरीले अघिल्लो साता एकैपटक गिरफ्तार गरेको थियो ।
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्ने फलफूल कुन हो ? उनका कतिपय निकट सहयोगीलाई पनि थाहा थिएन । तर मंगलबार ओलीले भने-मलाई सबैभन्दा मन पर्ने फलफूल लिची र एभोकाडो हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने
नेपाली कांग्रेसको नेतृत्वले आत्मआलोचना गर्नुपर्ने नेता अर्जुननरसिंह केसीले बताएका छन् । नेतृत्वको कारण पार्टीले निर्वाचनमा पराजय भोगेको भन्दै उने अब सभापती शेरबहादुर देउवाले आत्मआलोचना गर्नुपर्ने बताएका हुन् । विगतमा गिरिजा प्रसाद कोइरालाई समेत पार्टी सन्तुलनका लागि कडा चुनौती दिँदै आएका नेता केसीले अहिलेको नेतृत्व सच्चिन जरुरी रहेको बताए । उनले