काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यी एजेन्डा तय गरेको छ। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरणलगायतका विषयमा छलफल हुनेछ। केन्द्र र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आआफ्नो…