काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा लफडा भएको छ । बुधबार सुरु भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच लफडा भएको हो ।…