जापानको निर्वाचनमा एलडीपीलाई ३५२ सीट

काठमाडौं । जापानमा प्रधानमन्त्री सनाई तकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को गठबन्धनले दुई तिहाइ बहुमत पाएको छ । सत्तारुढ एलडीपीले ४६५ सदस्यीय संसदमा ३५२ सीट जितेको हो । यसलाई जापानमा ऐतिहासिक विजय मानिएको छ । अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो ।…