डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, उपचार प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं। २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएकी छन्। बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनरत डा. केसीको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोनमार्फत छलफल गर्दै आवश्यक निर्देशन दिएकी हुन्।…