विराटनगर– चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । आइतबार चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजाबुलको घर पछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ परेको थियो । चट्याङका कारण राजाबुल…