आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनाथीको भीड !

हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी…