कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले केही दिन अघि गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले आज लुटेकोमध्ये ५ लाख ४८ हजार ६ सय नगदसहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरेको हो । कैलालीको धनगढी उप–महानगरपालिका–६ का राजकुमार चौधरी, धनगढी–१३ का राम प्रवेश राना, कञ्चनपुरको बेलौरी…