कोरोभाइरसको जोखिमलाई ध्यान दिँदै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथि यात्रु ल्याउन प्रतिबन्ध लगाएकोमा त्यसको पालना नभएकोबारे अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्। कतिपय वायुसेवाले सरकारले प्रतिबन्ध लगाएका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले उक्त विषयमा छानबिन अघि बढाइएको बीबीसीलाई बताए। कोरोनाभाइरसको महामारी विश्वव्यापी सङ्कट भएको…