काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आजदेखि पाँचदिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहनुहुनेछ। राती ११: २० को उडानमार्फत छेन्दु अन्तराष्ट्रिय विमानस्थमा अवतरण भई बुधबार उहाँ 'पश्चिमी चीन अन्तराष्ट्रिय मेला'को स्वागत भोजमा सरिक हुनुहुनेछ। उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार 'पश्चिमी चीन अन्तराष्ट्रिय मेला'को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ भने दिउँदो छेन्दुको योजना प्रदर्शनी…