Logo

समाज

आफुले विष खाएर छोरीहरुलाई खुवाइन्, नाबालक छोरीहरु मरे आमा भने बाँचिन्

मोरङ– मोरङको सुन्दरहरैँचा–७ मा श्रीमान अर्जुन कार्कीसँग नयाँ बन्दै गरेको घरमा पानी नहालेको निहुँमा झगडा गरेर दुई छोरी लिएर हिँडेकी अस्मिता न्यौपानेले पहिले आफूले विष खाएको खुलेको छ । त्यसपछि उनले तीन वर्षीया छोरी अर्पणा र एक वर्षीया छोरी आइकालाई विष खुवाएको खुलेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन्

एसिड पीडित सांसद कंशाकारले बल्ल पाउने भइन् क्षतिपूर्ति

काठमाडौं– सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । कंसाकारको उपचारमा खर्च भएको रकमध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी

प्रकाशको नयाँ यात्राः घरमै पाए नागरिकता

काठमाडौं– ‘हेर्न कथा’ को पछिल्लो एपिसोड ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन् । उनलाई आइतबार घरमै आएर नागरिकता प्रदान गरिएको हो । प्रकाशले ३० वर्षभन्दा बढी समय गोर्खाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा विताएका थिए । काठमाडौंमा गलैँचा बुन्ने काममा आएका प्रकाशलाई उमेर नपुगेको

चट्याङ लागेर एक महिलाको मृत्यु

चितवन— चट्याङ लागेर आइतबार चितवनको माडीमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान ९ बजे माडी नगरपालिका–१ शिकारीपुरकी ५० वर्षीया सरस्वती महतोलाई चट्याङ लागेको थियो । उपचारका क्रममा १० बजेर ५० मिनेट जाँदा उनको मृत्यु भएको हो । भैंसीगोठमा गएका बेलामा चट्याङ लागेको उनलाई उपचारका

कलेजो प्रत्यारोपण गर्न आरुषका लागि जुट्यो बीस लाख बढी सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ का बालक आरुष श्रेष्ठको उपचारको लागि विभिन्न माध्यमबाट सहयोग जुटेको छ । कलोजे ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्थामा पुगेका नौ वर्षीय आरुषको उपचारका लागि पहिल्यै नै उपचारमा लाखौँ खर्च भएको र थप खर्च चाहिएको भन्दै उनका बुबा सुमन श्रेष्ठले अपिल गरेका थिए । धन र ऋण गरेर

उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं, भदौ १२ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदै छन् । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक

नेकपा एसको पदाधिकारी चयन : महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौं, भदौ १२ । नेकपा (एकिकृत समाजवादी) को पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन् । मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित

हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलिले गरे सुरु -‘२–४ दिनमै नागरिकता पाउँछन्, अरु सहयोग पनि हुन्छ

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङलाई नागरिकता दिलाउन पहल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रकाशलाई तत्काल नागरिकता दिलाउन पहल गरिएको जानकारी दिएका छन् । उनले मंगलबार राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकताको व्यवस्था मिलाउन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टी बाट निस्कासन गर्यो

काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशित गरेको छ । आज (मंगलबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि निष्काशन गरेको हो । ढकाल यसअघि पार्टी महामन्त्रीको भूमिकामा थिए । पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोपमा उनलाई पार्टीको महामन्त्रीबाट हटाइएको

सुर्खेतबाट बुटवल जाँदैगरेको यात्रुवहाक बस कपिलवस्तुमा दुर्घटना, १९ जना घाइते

काठमाडौं, १० भदौ । सुर्खेतबाट बुटवल जाँदैगरेको यात्रुवहाक बस कपिलवस्तुमा दुर्घटना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । आज दिउँसो साढे २ बजे सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ को बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ