जनकपुरधाम । धनुषा जिल्ला अदालतले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। कारागार चलान हुनेमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह रहेका छन्। धनुषाका विभिन्न व्यक्तिले दिएको…