काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेका बेला पनि सहकारी तथा लघुवित्त पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग अगाडि धर्नामा बसेका छन्। तीन दिनदेखि धर्नामा रहेका पीडितसँग सरकारले वार्ताका लागि औपचारिक पहल नगरेपछि उनीहरू वर्षामै भिजेर आन्दोलन गर्न बाध्य भएका हुन्। लगातार वर्षामा भिजेर धर्नामा बस्दा केही पीडितको स्वास्थ्यसमेत बिग्रिएको छ। बिरामी परेका केही पीडितलाई अस्पताल भर्ना…