काठमाडौं ।काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका ११५ प्रकारका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। यससँगै महानगरवासी, विपन्न तथा बेवारिसे बिरामीले अब ट्रमा सेन्टरबाट निःशुल्क इम्प्लान्ट सुविधा पाउने भएका छन्। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामग्री हस्तान्तरण गर्दै यो सहयोग केवल सामग्री हस्तान्तरण नभई विपन्न नागरिकको सहज…