काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति तथा वरिष्ठ राजनीतिज्ञ गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। सभापति थापाले आगामी साउन १२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गराउने गरी श्रेष्ठलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको जनाइएको छ। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठ हाल अस्वस्थ भई…