काठमाडौं– गत बुधबार भुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी
महोत्तरी– कला (संस्कृति) समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् । यो पर्वमा व्रतालु र उनका सखी सुन्दर
जाजरकोट– जाजरकोटमा घाँस काट्ने क्रममा लडेर घाइते भएका एक व्यक्तिको नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका जुनिचाँदे गाउँपालिका– २ मजकोटका भक्तबहादुर नाथको प्रहरीले उद्धार गरेको हो । नाथ घाइते भएको जानकारी पाउनासाथ प्रहरी चौकी जुनिचाँदेबाट उद्धारका लागि प्रहरी टोली खटिएको
काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२०
कालीकोट– कालीकोटको पलाँता गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य श्रमदान गर्ने नीति ल्याएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पोखरी, सिँचाइ, चौतारो, पाटीपौवा, सरसफाइ र सार्वजनिक निर्माणको क्षेत्रमा सामाजिक सद्भाव र
काठमाडौं– यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले जानकारी दिए । उनले भने, ‘वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा
रोल्पा- रोल्पामा मदिरा सेवन गरेका एक युवकले गालीगलौज गर्न थालेपछि साथीहरुले नै उनको हत्या गरेका छन् । रोल्पा नगरपालिका- ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ वर्षीय शनी भनिने सुनिल पुनको साथीहरुले नै हत्या गरेका हुन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भएका उनी रोल्पामा ग्यारेज सञ्चालन गर्थे
काठमाडौं– गत असार २८ गते चितवनको नारायण मुग्लिन सडकखण्डअन्तर्गतको सिमलतालमा लेदोसहित आएको पहिरोमा बेपत्ता भएकाको परिवारले आफन्तले भेटिने आश मार्न थालेका छन् । घटनाको ८ औँ दिनसम्म फेला नपरेपछि आफन्तहरुले शवपनि भेटिने आश मारेका हुन् । यसैक्रममा त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी एक यात्रुको आफन्तले कुशको शव बनाएर दाहसंस्कार
काठमाडौं– गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
रुकुम पूर्व– रुकुम पूर्वमा एक श्रीमानले श्रीमतिको हत्या गरेका छन् । भूमे गाउँपालिका–६ तामारी चिरापानीका २७ वर्षीय जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीलाई शुक्रबार खुकुरी हानेर हत्या गरेका हुन् । उनले शुक्रबार श्रीमतिलाई हत्या गरेपछि आफ्नो ६ वर्षको नाबालक छोरा आयुषलाई लिएर फरार भएका थिए । उनीहरुलाई जंगलको बीचको