सुनसरी घटनाबारे राप्रपाकी सांसद ओलीको प्रश्नः ‘गोली कसले चलायो, कसको आदेशमा चल्यो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको नागरिकको मृत्युको घटनाबारे सरकारले निष्पक्ष छानबिन गरी सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले उक्त घटनामा गोली कसले चलायो, कसको आदेशमा चलाइयो र नागरिकमाथि बल प्रयोग किन गरियो भन्ने विषयमा सरकारले…