काठमाडौंमा सिक्री लुटपाटका आरोपित प्रहरीको गोली लागेर पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे उनलाई पक्राउ गर्ने क्रममा तामाङले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको…