Logo

समाज

कास्कीमा पहिरोमा परेर मृत्यु भएको पाँच जनाको सामुहिक दाह संस्कार

कास्की– कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका छसहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी

सिमलतालमा बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क गाँस–बासको व्यवस्था गर्ने

काठमाडौं– मुग्लिङ–नारायणी सडक खण्डअन्तर्गतको सिमलतालमा पहिरोमा परेर बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएका छन् । होटल व्यवसायी सङ्घ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरूको खोजीका लागि आउनेहरूलाई निःशुल्क खाना खुवाउने र बसाल्ने निर्णय गरेको हो । सङ्घले आज विज्ञप्ति निकाल्दै

त्रिशुलीमा पहिरोसँगै बगेको बसमा जुगेसाको सन्तान बगे, नन्दनको सपना

काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका भनिएको बस र यात्रुहरुहरु हालसम्म भेटिएको छैन । उनीहरुको खोजीमा ९० जना सशस्त्र प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको छ । आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए ।

मनसुनजन्य विपद्मा परि १०१ जनाको मृत्यु

काठमाडौं– देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परि हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी १०१ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी

झुक्किएर मुसा मार्ने विष सेवन गर्दा एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर

गुल्मी– झुक्किएर मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा चार वर्षीया बालिकाको मृत्यु भएको छ। अर्की पाँच वर्षीया बालिकाको अवस्था गम्भीर छन्। इस्मा गाउँपालिका वडा नं. १ हस्तिचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको विष सेवनबाट मृत्यु भएको हो। यस्तै, स्थानीय बसुन्धरा सुनारकी पाँच वर्षीया छोरी दिपशिखा सुनार गम्भीर

लुकाएर राखेको अवस्थामा ललितपुरमा एकनाले भरूवा बन्दुक फेला

ललितपुर– ललितपुरको झाडीमा एकनाले भरूवा बन्दुक लुकाएर राखेको अवस्थामा फेला परेको छ। बिहीबार बिहान साढे ७ बजे महांकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेलस्थित घाँसे पाखामा एक झाडीमा बन्दुक फेला परेको हो । प्लास्टिकको बोराले बेरेर लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । उक्त बन्दुक कसको हो भन्ने

गुडिरहेको बसको इन्जिन पड्किएर सहचालक घाइते

काठमाडौं– बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर बसका सहचालक घाइते भएका छन्। बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो। गुडिरहेको प्र.३–०१–००५ ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर बसको एक्कासी इन्जिन पड्किएको थियो । बसमा चालक र सहचालक मात्र थिए । इन्जिन पड्किँदा दोलखा घर भइ काठमाडौंको माकलबारी

शुक्रबार रातिदेखि बन्द भएको कर्णाली राजमार्ग सुचारु

काठमाडौं– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आज मङ्गलवारबाट सुचारु भएको छ। चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग खुलेको हो। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए। यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नु परेको थियो। कर्णाली राजमार्ग अन्तर्गत टिमुरे भिड,

आज राति एनटिसीको रिचार्ज गर्न नमिल्ने

काठमाडौं– नेपाल टेलिकमले मोवाइल सेवामा आज राति रिचार्ज नहुने जनाएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

फर्जी विवरण राखेर नक्कली लाइसेन्स वितरण गरेको आरोपमा १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखत किर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल