काठमाडौं विश्वविद्यालयमा पहिलो राष्ट्रिय ब्रिक मेसनरी प्रतियोगिता सम्पन्न

काठमाडौं । काठमाडौं विश्वविद्यालय (KU), धुलिखेलमा असार २ गते, मंगलबारका दिन सिभिल इन्जिनियरिङ क्लबको 'सङ्कल्प २६' को उद्घाटन समारोहको अवसरमा इको केयर प्राइभेट लिमिटेड द्वारा देशकै पहिलो राष्ट्रिय ब्रिक मेसनरी प्रतियोगिताको सफलतापूर्वक आयोजना गरियो। उक्त प्रतियोगितामा देशभरका १२ वटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रह्यो।…