काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था र देखिएका समस्याबारे जानकारी लिनुभएको छ। बबरमहलस्थित लिमिटेडको कार्यालयमा भएको अनुगमनमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। मन्त्री यादवले औषधि उत्पादन कक्षको अवलोकन गर्दै संस्थाको कार्यप्रगति र चुनौतीबारे जानकारी लिनुभयो। अनुगमनका क्रममा महाप्रबन्धक…