स्वदेशी जुत्ताचप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) ले प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपाली जुत्ता–चप्पल तथा छालाजन्य उद्योगका समस्या, समाधानका उपाय र विदेशी वस्तुको प्रतिस्थापनबारे छलफल गरेको छ। शुक्रबार भएको छलफलमा भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी–पैठारी नियन्त्रण गर्न, गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात रोक्न र आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्नुपर्ने विषयमा जोड दिइएको…