कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला हाल देशमा संक्रमण भने कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो ।मन्त्रालयका अनुसार हालसम्म संकास्पद ५१२ जनाको स्याम्पल टेस्ट भएकोमा ५११…