कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले आज बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री खनालले कृषियोग्य…